अम्विका अधिकारीका केही शाब्दिक कविता
एक
विद्यार्थी एयरपोर्टमा
शिक्षक सडकमा
अन्धाधुन्ध लाठीचार्ज
नेता होटलमा ।
दुई
घमन्डले मातिएका
भ्रष्टचारमा तात्तिएका
जनता आत्तिएका ।
तीन
निर्दोष अँध्यारामा
सुकुम्बासी अख्तियारमा
कानुन गोजीमा ।
चार
रोजगारी नपाउनु
जनतालाई छुपाउनु
कर्मचारी लुकाउनु
पाँच
सहरमा मन्दी
भ्रष्टको गन्दी
सरकार अन्धी ।
छ
पेट्रोलियमको भाउ घटाए
आन्दोलनमा लाटी बर्साए
विद्यार्थीले नेता पट्याए ।
सात
आन्दोलन चर्किनु
डिउटीमा फर्किनु
दुखीको सेवा
डाक्टर तर्सिनु ।
आठ
विज्ञापन हुँदै छ
देशलाई छुँदै छ
जनता रुँदै छ ।
नौ
पानी परेको
गड्याङगुडुङ्ग गरेको
असिना झरेको ।
दश
पहिरो आयो
घर बगायो
बगर बनायो ।
लेखकको सम्वन्धमा