November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

शंकर कार्कीका केही शाब्दिक कविता

एक
गरिबको दसैँ
रमाइलो छैन
अभावले खायो । 

दुई
फेरिएन टालो
आम्दानी बन्द
रहरले हुँदैन । 

तीन
समाजमा भिन्न
गरिबीको शिकार
रित्तो गोजीमा । 

चार
सकिन्न रमाउन
खाली पेटमा
जबर्जस्ती कसैले । 

पाँच
त्याग्नुपर्छ खुसी
गरिबीका सपना
सधैंभरि अप्ठ्यारा । 


बाँच्‍न कठिन
सोझो यात्रा
छलकारी बिना । 

सात
भ्रष्टाचारको कमाइ
सकिन्न खर्चेर
दम्भ समाजमा । 

आठ
विकृति छायो
यत्रतत्र अचकाल
चाडपर्व मनाउन। 

नौ
समाजमा छुट्टै सान
टन्न कमाउन सके
बाटो जुनसुकै होस्  । 

दश
नजिकैको दसैँ
रमाउनु सबै
भएको चिजमा ।

एघार
कुरै नगर
हल्लिदैन पात
हावा नचली। 

बाह्र
झुटको खेती
फस्टाउन थाल्यो
न्याय हराउँदा। 

तेह्र
कुर्सीको दम्भ
पाउदा अबसर
देखाउनै पर्छ। 

चौध
छैन बाटो
सिधा हिँड्दा
सज्जन हरूलाई। 

पन्ध्र
फोस्रा नारा
पउँछ मौका
जसले लगाउँछ।