May 20, 2025, Tuesday
२०८२ जेष्ठ ७, मंगलवार

कसिङ्गर

अनायासै नयन
फर्फरायो
बिझायो
आँसु आयो
दुख्यो
पोल्यो
खुबै सतायो
लाग्यो अहिलेको
भाइरल होला ।

केही दिन सहेपछि
अनि गएँ अस्पताल

देखाएँ डाक्टरलाई
उनले कहे, एक्स–रे गर्नुपर्छ ।तुरुन्तै लिए तस्बिर
रेडियोग्राफरले

देखाए एक निष्ठुरीको आकृति
जो कसिङ्गर बनी
बसिरहेको रहेछ
अटेर गरी
ढसमस्स गरी
अनि दुखाइरहेछ
यी नयन
निरन्तर
निरन्तर ।