June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

शाहीका पाँच शाब्दिक कविता

एक
कति पीडित होलान्
शिक्षक, डाक्टरको अन्दोलन
भरीभराउ माइतीघर क्षेत्र । 

दुई
एकले अर्कालाई नै गन्दैन
किन मान्छेले मान्छे भन्दैन
एकको कुरा अर्को मान्दैन । 

तीन
बौद्धिक व्यक्ति सडकमा
भ्रष्टचारी सबै महलमा
जनता सबै रनभुल्लमा । 

चार
जताततै मैमत्त हाती
स्थानीय, प्रदेश, संघ
कुन सरकार ठुलो ? 

पाँच
बिचमा राखे हड्डी
खेल्न थाले कबड्डी
सम्बन्ध बनायो कट्टी ।