गड्तौलाका पाँच शाब्दिक कविता

एक
मनको कुण्ठा
अरूलाई गाली
दुश्मनको बढावा । 

दुई
धनी छिमेकी
मनमा रिस
विदेश पलायन । 

तीन
सरकारको कर
थाप्लामा बोकेर
जन्मिएको नेपाली ।

चार
वैदेशिक ऋण
विदेशी सहयोग
नेताको महल । 

पाँच
शान्तिको पाठ
सिकाउने बुद्ध
जेलमा पर्‍यो ।