पाँच कविका पाँच शाब्दिक कविता

१. शंकर कार्की
किसानको हितका कुरा
मल बीउ छैन
गफ लाउन छुरा।
२. अम्विका अधिकारी
खेतीपातीले गाउँमा बोलायो
भोकमरीले शहर लोलायो
सत्तामा दिमाग सेलायो ।
३. मधुसूदनप्रसाद घिमिरे
जुङाले छेक्दैन
अर्काले देख्दैन
पत्रकार लेख्दैन
लुकाए भेट्दैन ।
४. नवशिला, बेलबारी-२,लालभित्ती, मोरङ।
सत्यको बाटो
मेटेर टाटो
पुर्नुछ खाटो।
५. गुणनिधि घिमिरे
विषय वा प्रसङ्ग
नहुनु है झसङ्ग
लिनु पर्छ सत्सङ्ग ॥

प्रतिकृया दिनुहोस्