साहित्यसन्ध्याको ४४४ औँ विशेष शृङ्खला सम्पन्न

असोज ६
साहित्य सन्ध्याले ‘अन्तरभाषिक साहित्यिक पठन र अनुवाद’ विषयमा चर्चा र कवितावाचन गर्दै आफ्नो ४४४ औँ विशेष शृङ्खला सम्पन्न गरेको छ ।
असोज ६ गतेअपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता साहित्य सन्ध्याका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने र सञ्चालन साहित्य सन्ध्याकै सदस्य रूपक अलङ्कारले गर्नुभएको थियो । त्यसै गरी अतिथिका रूपमा उपस्थित प्रा.डा.पशुपतिनाथ तिमल्सिनाले कार्यक्रममा वाचित कवितको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने डा.हरिप्रसाद सिलवालले ‘अन्तरभाषिक साहित्यिक पठन र अनुवाद’ विषयमा गहन चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा डम्बर पहाडी, विन्दु अधिकारी ढकाल, ओमप्रसाद कोइराला, गायत्रीकुमार चापागाईँ, कुमार नेपाल, बैरागी जेठा, खेमराज निरौला, प्रदीपरत्न शाक्य, महेशराज खरेल, नारायण चौलागाईँ, बलराम विष्ट, सोइना दाहाल, डा.गोविन्दप्रसाद आचार्य, पोषरमण चापागाईँ, सोमनाथ दाहाल, प्रशान्त खरेल, वासुदेव अधिकारी र राम विनयले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।
‘अन्तरभाषिक साहित्यिक पठन र अनुवाद’ विषयको चर्चाका क्रममा डा. हरिप्रसाद सिलवालले भाषाको परिचय, विशेषता, अन्तर भाषिक सम्बन्ध, साहित्य अनुवाद, अनुवादका चुनौती, साहित्य अनुवाद गर्दा अपनाउनुपर्ने सावधानी, नेपाली साहित्यमा साहित्य अनुवादका केही झलकहरूका बारेमा गहन विचार व्यक्त गर्नुभयो ।
वाचित रचनामाथि टिप्पणी गर्दै प्रा.डा.पशुपतिनाथ तिमल्सिनाले आज वाचित कविताले समकालीन नेपाली समाजलाई मुख्य विषयवस्तु बनाएको स्पस्ट पार्नुभयो ।
सभाध्यक्ष राम विनयको मन्तव्यसहित कार्यक्रम समापन गरियो ।
प्रतिकृया दिनुहोस्