June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

पाँच शाब्दिक कविता

एक

घर चोरियो
छिमेकमा आफन्त
उजुरी लागेन । 

दुई
मनको कुरा
भनियो आफन्तलाई
गफैमा भुलेछन् । 

तीन
दु:ख आफूलाई
पीडाको वर्षात
काखी आफन्तको । 

चार
मजाले दिए
बोल्दा ध्यान
अन्तिममा औँलो ( (y) ठेङ्गा) । 

पाँच
धन्नको जिन्दगी
करेसोमा आफन्त
दैनिक चोरी । 

राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ, हाल- काँडाघारी, काठमाडौँ