June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

पाँच शाब्दिक कविता

एक
देखाउने अरूलाई
खोज्‍नेअधिकारहरू
आफू आफ्नाहरूलाई । 

दुई
बुझ्‍न गार्‍हो
अबुझ मनस्थिति
चिप्लो घस्‍नेहरू । 

तीन
घमन्ड गर्छन्
अर्काका लागि
क्षति आफ्नै । 

चार
बहसमा पार्ने
मिठो बोली
दुई जिब्रेहरू । 

पाँच
समाजमा भ्रम छरिएका
नारा राम्रै लाउँछन्
विकास आफ्नो गर्छन् ।