उत्कृष्ट दश शाब्दिक कविता
एक
मन छिनायो
स्वार्थमा बिके
धन कमायो ।
जमुना कायस्थ,पोखरा
दुई
शिर झुक्यो
कर्म चुक्यो
कता लुक्यो ।
सुस्मिता अधिकारी, काठमाडौँ
तीन
गहिरो हुन्छ
बचनको चोट
तरबार भन्दा ।
समुन्द्रा शर्मा, सुनसरी
चार
कस्तो मन
राम्रो देख्दा
हुन्छ जलन ।
शंकर कार्की, मकवानपुर
पाँच
सुन्दर मनको
भाव मिलेपछि
परमानन्द अनुभूति ।
गुणनिधि घिमिरे, अमेरिका
छ
दु:खमा छु
आफन्त आऊ
नुनचुक लगाऊ !
सपना खनाल, रुपन्देही
सात
कर्कला पात
सपनाकाे महल
ढुलुमुलु गर्दै !
राेशन पराजुली,धरान
आठ
जाली नजर
लाली अधर
झुम्ने रहर ।
गोविन्द खनाल स्याङ्जा
नौ
गरिबीको भारी
पासपोर्टमा बोकेर
खाडी प्रस्थान ।
राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- काँडाघारी, काठमाडौँ
दश
शोषक आफन्तजन
विचलित मन
धर्मराउँछ झन् ।
शिव खनाल जीवम, स्याङ्जा हाल रुपन्देही
निश्चित शब्द सङ्ख्यामा लेखिने कविता नै शाब्दिक कविता हो । नेपाली साहित्यमा बिम्ब कविता, उदक, झर आदि नाममा शाब्दिक कविताका उपविधाको प्रवर्तन भएको सन्दर्भमा शाब्दिक कविताले प्रवेश पाएको छ । यो छुट्टै विधा नभई कविता लेखनको एक शैली हो । खासगरी मात्रिक र वार्णिक छन्दका कविताहरू अन्य भाषामा अनुवाद गर्न कठिन हुने सन्दर्भमा नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण गर्नका लागि शाब्दिक कविता एक विकल्प हुन सक्छ । सूक्ष्म बनोट, विभिन्न संरचना प्रयोगवाद, जीवन दर्शन, सकारात्मकता यसका विशेषता हुन् । दर्जनौँ स्रष्टाहरूले विभिन्न संरचनामा शाब्दिक कविता लेख्दै आउनुभएको छ । कविता लेखनको यो शैलीले नेपाली साहित्यको श्रीवृद्धिमा मदत पुग्ने छ भन्ने हाम्रो अपेक्षा रहेको छ । माथि प्रस्तुत शाब्दिक कविताहरू तीन पङ्तीमा २- २- २ सूत्रमा सृजना गरिएका छन् । शिव खनाल जीवमको कृति साहित्य यात्रामा यसबारे लेख प्रकाशित छ । सक्रियताका साथ शाब्दिक कविता लेख्नुहुने स्रष्टाहरू शिव खनाल, अम्बिका अधिकारी, शंकर कार्की, जमुना कायस्थ, समुन्द्रा शर्मा, सुरेन्द्र शाही गुलाब कान्छो, गोविन्द खनाल, इन्दिरा देवकोटा, बिके मुखिया, जीवन सिटौला, सविता केसी, रोशन पराजुली सुनसरी, ध्रुव श्रेष्ठ, मंगला उपाध्याय बारा, राजेशराज गड्तौला, नवराज पोखरेल नवशिला, सुस्मिता अधिकारी, कृष्ण कुमार वैद्य, मधुसूदन प्रसाद घिमिरे, गुणनिधी घिमिरे, अगष्टिन राई आदि हुनुहुन्छ। – शिव खनाल जीवम, स्याङ्जा ।
प्रतिकृया दिनुहोस्