December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

तिज आएको छ

गाउँमा आमा छिन् म सहरमा के गर्नु तिज आएको छ
उता रमझम छ एक्लो म सहरमा के गर्नु तिज आएको छ ।।

यी आँखामा उनको याद पनि पलपल आइरहेको छ
उनी गाउँमा तर म सहरमा के गर्नु तिज आएको छ ।।

सबैतिर नाच्दै हिँडेका छन् हेर्दै बसेको छु म
सम्झी बसें उनलाई म सहरमा के गर्नु तिज आएको छ ।।

रातो साडी लगाउँदा सीता जस्ती देखिन्थिन् उनि 
देख्‍न मन छ मुहार तर म सहरमा के गर्नु तिज आएको छ ।।

गाउँघर सबैलाई मनदेखि सम्झिएकी छ भनिदिनु
सबै मिलेर रमाउनु म सहरमा के गर्नु तिज आएको छ !! 

पक्का तिमी पनि सम्झिँदै होलाऊ मलाई उता
चाड आयो लहर छायो म सहरमा के गर्नु तिज आएको छ ।।

अर्को वर्ष पक्कै पनि हामी सँगै भइएला नि
खुसीसँग मनाऊ है म सहरमा के गर्नु तिज आएको छ !