प्राणद
शून्य रातमा अनगिन्ती ताराहरू
हेरिरहेकाे छ।
अन्धकार याे मन एकोहाेराे खाेजिरहेकाे छ ।
अँध्यारो आकाशलाई उषाले खुसी लिएर आउँछ।
मनकाे पिर व्यथाहरू उस्तै छ।
आँखामा आँसुकाे शीतलहर बगेर जान्छ ।
कति माया थियाे मनमा कतै थाहा भएन कि ?
कति राेए यी आँखाहरू
एक पलमा याे संसार छाेडिदियौ।
मुटुकाे भक्कानाेमा सास राेकिन्छ ।
केही बाेलेनौ, उठेनौ..
याे मालाले सधैं प्रेम अँगाली प्रेम बन्धन राखाेस्।
यी अञ्जुलीले अर्पण गरिएको जलले
त्याे हृदयमा सधैँ शान्ति रहाेस्।
शिरमा राखिएका पुष्पहरूले
याे धर्तीमा फेरि जन्म दियाेस् ।
त्यो हृदय सधैं अजम्बरी रहाेस्।
शिरका अन्नहरुले सधैं शुभ दियाेस्।
हरिया दुबाेहरूले आत्मकलाई
सधैँ खुसी दियाेस् ।
हृदय स्वर्गमा बास हाेस्।
जलिरहेकाे धुवाँमा उडेर गयाै।
याे धर्तीभरिकाे खुसी सम्झन्छु ।
कति सपना थियो, कति रहर थियाे ।
सबै जलेर खरानी बने ।
मन पिरोल्छ प्रत्येक ढुकढुकीमा आँखा रसाउँछ ।
आँखाबाट आँसुकाे सागर बग्छ।
दु:खको पहाड थियो ।
सङ्घर्षमा कति गल्याे हाेला त्यो मन
पसिनाकाे समुद्र बनायाे
काेमल खुसीहरू दियाै।
आज मुटुमा पहाड उचाल्ने साहस छ।
पाइलाहरू शिखर पुगे तर मन एक्लो छ।
याे मुटुभरिकाे माया छाेडेर आकाशमा माथि माथि गयाै।
अतालिन्छ हृदय अनगिन्ती चाहहरु उस्तै छ।
भरिएका आँखाहरु पल पल खाेजिरहन्छ ।
कतै फर्केर आउँछाै कि …?
क्षीतिजसँगै मन रुन्छ।
श्रद्धामा प्रत्येक साँझ दीपहरुसँगै आँखा रसाउँछ।
प्रर्थानमा सधैँ मुटुमा भक्कानाे आउँछ ।
हृदय सधैं स्वर्गमा बास हाेस्।
मुटुमा बगेकाे रगतले याे सृष्टि दियाै।
छाेडेर गयाै धड्कन याे मुटुमा धड्की रहेकाे छ।
याे ढुकढुकीमा प्रेम उस्तै छ।
याे अन्जान प्रेम एकहाेराे साथ मागिरहेको छ।
हावा काे एक स्पर्शले याद दिन्छ।
एक्लाे छु याे गुँडमा
याे मुटु पनि लिएर जाऊ… त्यहाँ
लेखकको सम्वन्धमा