February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

रक्षाबन्धन !

यस पटकको रक्षाबन्धनमा मेरी चेली 
सबैका घरमा चेली-माइती भेला हुँदा
विगतलाई सम्झी पर्खी बसेँ
रङ्गीन रक्षाबन्धनको रहर छ नि मलाई पनि । 

माइतीले बिर्स्यो भनेर कहिल्यै मन नदुखाउनू है
विगतको तस्बिर हेरी बसेँ म पनि
माइती-चेलीको घनिष्ट नाता राम्रो
धागाले कस्‍न नपाए पनि परिवारिक नाता हाम्रो ।

सधैँ जीवन एकैनास कहाँ चल्दो रै’छ र चेली
पर्देसिएपछि थाहा हुँदो रै’छ विगतहरू चेली
फर्की आउँला अर्को साल सयेत मिलाएर
माइती आउने बाटो कुरी बस्‍नू है चेली ।