शंकर कार्कीका केही शाब्दिक कविता

एक
गाउँमा छैन मलामी
युबा पर्देशमा पसे
बुढाबुढी घर कुर्दै छन्।
दुई
मन मिले मेल
हेर्ने नजर फरक
राजनीति लाग्छ झेल।
तीन
नजरमा परेको
राम्राहरूको तस्बिर
बाटामै सीमित ।
चार
माया बस्यो उनीसँग
पछि उसकै लाग्छिन्
टन्न गोजीमा हुनिसँग ।
पाँच
मायामा हुन्न होस
असी बर्से जोबन
सधैंभरि उस्तै जोस ।
छ
पहिले मनमा बसाई
तिम्रै भनी फसाई
बस्दै छु आँसु खसाई ।
सात
आँखाको नानी
राम्रो हेर्नू
उसको बानी ।
आठ
हिरा मोती साथमा
हामी नेपालीको दुर्भाग्य
बोक्छौ कमण्डलु हातमा ।
नौ
युबा जति खाडीमा
भाषणमा भयो सीमित
नेता चिल्ला गाडीमा ।
दश
सुशासनको खोजीमा
भ्रष्टाचारको उदय
बिकास गोजीमा ।
एघार
टिप्न गार्हो
महत्त्व धेरै
अप्ठ्यारोमा फूल ।
बाह्र
हाम्रो संस्कृति
पुरानो चलन
रक्षा बन्धन ।
तेह्र
प्रेममा धोको
नपाउँदा रोको
भेटिन चोखो ।
चौध
आँशुको भेल
भएन मेल
प्रेमको खेल ।
पन्ध्र
चिल्लो घस्यो
माया बस्यो
बेकारमा फस्यो ।
सोह्र
भदौको महिना
नजिकको दसैँ
गोजीमा छैन ।
लेखकको सम्वन्धमा