अम्विका अधिकारीका केही शाब्दिक कविता
एक
असल स्त्रीको अपमान
शान्ति भयो भङ्ग
भन्छन् आफूलाई महापुरुष ।
दुई
अपच खाना
लोभको मोह
जानुछ छोडेर ।
तीन
विद्वान्का हृदयले
बुढालाई तरुनी
भयो बिसतुल्य ।
चार
कमाउन कठिन
भोको पेट
घामको आनन्द ।
पाँच
दुइदिनको माया
मरेर लानु के
परेपछि नदायाँबाँया ।
छ
लेनदेनका मतियार
लुट्न उठाए हतियार
राजनीतिमा भ्रष्टाचार ।
सात
झुटो स्विकारेर बसे
थाह नपाई फसे
अन्योलमा खोरभित्र पसे ।
आठ
कहाँ हलो अड्क्यो
हान्ने गोरु फडक्यो
कराईमा खुर्सानी पड्क्यो ।
नौ
दाइजोमा बुहारी कुटिन्छ
दिनडहाडै अस्मिता लुटिन्छ
राजनीतिले निर्दोष भुटिन्छ ।
दश
माया बैगुनी
नभई नहुनी
डरले नरुनी ।
एघार
खुल्ला आकाश
कोही रक्षक
हुन्छन् राक्षस ।
बाह्र
सुस्तरी आयो
आँधीले बगायो
पैरोले सिध्यायो ।
तेह्र
बितेका कुरा
चलाउछन् छुरा
अहिलेका भुरा ।
चौध
प्रेमले बिगार्यो
समयले स्विकार्यो
अतीतले तिखार्यो ।
पन्ध्र
सूर्यमुखी फूल
नगर भुल
ड्याङ्गोलाई झुल ।
सोह्र
अथक प्रयास
पाएनन् जस
आर्थिक सङ्कट ।
सत्र
सफा मनले
घमन्ड धनले
लाँदैन जनले ।
अठार
मुस्कानको चाल हेर
चस्माको कमाल हेर
सपक्क कपाल हेर
शाब्दिक लेखवाल हेर।
उन्नाइस
काँडाका बिचमा फूल
नगर है भुल
छन् सबै सोकाकुल ।
बिस
भेटिए नाग
आँखाको विरामी
हरियो साग ।
एक्काइस
नागको पूजा
मन्दिरमा लस्कर
सुन तस्कर ।
लेखकको सम्वन्धमा