November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

गड्तौलाका बिस शाब्दिक कविता

एक

हतास जिन्दगी
अनायास दुख्छ
मौन बसेर । 

दुई

दरबारमा हत्या
पारिवारिक कलह
संसद मौन । 

तीन

कलमको हत्या
आवाज बन्द
देशमा सन्नाटा । 

चार

मौन बसेर
सूचना प्रवाह
हाँसो फुत्किन्छ ।

पाँच

बिहानी किरण
मन्द मुस्कान
सबैमा स्वागत । 

अँध्यारो समय
गाडीको यात्रा
गन्तव्य टाढा ।

सात

मान्छे बेतुका
ताली हल्का
भन्ने बेतालका । 

आठ

जीवन कठिन
वैदेशिक रोजगार
तलब नगण्य । 

नौ

सबैको हातमा
पासपोर्ट साथमा
फिर्ता बाकसमा ।

दश

विदेशको बसाइ
अँध्यारैमा उठाइ
भागदौडको जिन्दगी । 

एघार

के जान्नु
के मान्नु
के ठान्नु ?

बाह्र

सबै वरिष्ठ
छैनन् कनिष्ठ
दुनियाँले मान्ने ।

तेह्र

अल्छी ज्यान
बिहानको निन्द्रा
उठ्न गाह्रो । 

चौध

समयको खेल
विचित्र मेल
यादको भेल । 

पन्ध्र

शत्रुता साथमा
चक्कु हातमा
आश्चर्य माथमा ।

सोह्र

शान्तिको खोजीमा
विदेश भासियो
एउटा बुद्ध । 

सत्

चाहना एकै
मन मिलेपछि
बलात्कारको आरोप । 

अठार 

भ्रष्टाचारीहरूको देश
टन्न खाएर
जनतालाई ऋण 

उन्नाइस

भावनामा बगेर
हात थाम्दा
अपहरण अरे । 

बिस

गरिबीको भारी
पासपोर्टमा बोकेर
खाडी प्रस्थान ।