चार स्रष्टाका चार शाब्दिक कविता
एक
मनमा घाम लागेछ
आकाशमा धुम्म बादल
चिहाउँछ बतास मलाई ।
–सुरेन्द्र शाही ‘गुलाब कान्छो’,बाजुरा
दुई
नेपालीको बाध्यता
सुखको आशामा
पर्देशको यात्रा।
–शंकर कार्की, थाहा नगरपालिका-३, मकवानपुर
तीन
दुई दिनको
प्रेम कथा
आत्महत्यामा समाप्त ।
–राजेशराज गड्तौला, रतुवामाई- १०, मोरङ हाल- काँडाघारी, काठमाडौँ
चार
सङ्घर्षको दिशा
कठपुतलीको मन
भ्रष्टको उपसंहार
–अम्विका अधिकारी, झापा, बिर्तामोड
लेखकको सम्वन्धमा