May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

फूल दिन सक्छु (गजल)

तिमीलाई न भुल दिन सक्छु न फूल दिन सक्छु
माया तिमीलाई त गर्छु तर कहाँ फूल दिन सक्छु !?

पहिलो नजरमै मन परेको मान्छे हौ तिमी मेरो
सम्झिएर बसे है कुनै दिन प्यारा, फूल दिन सक्छु !

सुन्दरतामा अरू हेरी सुन्दर पनि छैनौ तिमी
बोली निकै मन पर्यो याद गर फूल दिन सक्छु !

न चिनेको छु तिमीलाई न जानेको छु, को हौ तिमी  !?
तर तिम्रो मुस्कानमा फसेको छु म फूल दिन सक्छु !

तिम्रो खोजीमा हिँड्न थालेको छ यो मन हिजैदेखि
कतै देखें भने तिमीलाई मैले, याद गर फूल दिन सक्छु !

मेरै ‘प्रतीक्षा’ गरी बस भेट भएछ भने पक्कै बोलाउने छु
अनि तिमीलाई कहिल्यै नओइलाउने फूल दिन सक्छु !