May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार

सानी सानी नानी म

सानी सानी नानी म
इच्छा भने ठुलो छ
ठुलो मान्छे बन्न लाई
हिम्मतले बढ्नु छ ।

स्कुल गई पढेर
ज्ञानी मान्छे बनेर
जन्मिएको धर्तिलाई
हराभरा पार्नु छ ।

जहाँ जहाँ म जाऊँ
असल बनी चिनाऊँ
चलाएर आफ्‌नो नाउँ
विश्वभरि फैलाऊँ ।

सगरमाथा झैँ माथि
देशको शिर उठाऊँ
संस्कारलाई म पनि
सत्मार्गमा लगाऊँ ।

एकताको माला नै
सबै जनमा लगाऊँ
शान्तिको देश नेपाल
संसारभरि चिनाऊँ ।