दश कविका दश उत्कृष्ट शाब्दिक कविता
एक
हार भर्याङ
जित गन्तव्य
हौसला मन्त्र
बिके मुखिया, दार्जिलिङ
दुई
कविकाे कला
अजर अमर
साेचेर भला ।
चन्द्रावती अधिकारी, बाँके
तीन
झर्कियाे बाेली
खुस्कियाे मान्छे
झगडा शुरु।
रोशन पराजुली, सुनसरी
चार
शकुनीको खाल
देश द्रौपदी
सवै दुशासन ।
ध्रुव श्रेष्ठ ,खोटाङ ।
पाँच
होइन हार
सुहाउँने आभुषण
सुन्दर विचार
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
छ
नारी रुन्छिन्
मन छुन्छिन्
पीडा धुन्छिन्
लक्ष्मी गिरी
सात
अभिनय गर्छन्
मख्ख पार्छन्
खप्पिस छन् ।
समुन्द्रा शर्मा, सुनसरी
आठ
पहाडको बसाइ
दुखको संसार
गरिबको जिन्दगी।
शङ्कर कार्की
थाहा नगरपालिका ३ मकवानपुर।
नौ
देवताको सृष्टि
नपुगेको दृष्टि
नलिऔँ कुदृष्टि।
अर्जुन प्रसाद चौलागाई, रामेछाप
हाल अमेरिका
दश
चित्र प्रगतिको
आवाज युगको
मार्ग युवाको ।
शिव खनाल जीवम, स्याङ्जा
हाल रुपन्देही
==
शाब्दिक कविता
निश्चित शब्द सङ्ख्यामा लेखिने कविता नै शाब्दिक कविता हो।
नेपाली साहित्यमा बिम्ब कविता, उदक, झर आदि नाममा शाब्दिक कविताका उपविधाको प्रवर्तन भएको सन्दर्भमा शाब्दिक कविताले प्रवेश पाएको छ। दर्जनौं स्रष्टाहरुले विभिन्न संरचनामा शाब्दिक कविता लेख्दै आउनु भएको छ। कविता लेखनको यो शैलीले नेपाली साहित्यको श्रीवृद्धिमा मद्धत पुग्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ।
माथि प्रस्तुत शाब्दिक कविताहरु तीन पङ्तीमा २,२,२ सूत्रमा सृजना गरिएका छन् ।
समायोजन – शिव खनाल जीव
शुद्धाशुद्धी- चन्द्रावती अधिकारी
लेखकको सम्वन्धमा