May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार

अन्याय

यहाँ एक ठुलो अन्याय भएको छ
भगवान‌्‌बाट साँच्चै अन्याय भएको छ
एउटा सन्तान हाँस्दा हाँस्दै रोएको छ
बाउले कमाएको पैसा सक्नु उसको सपना भएको छ
उसले बाउका हाकेलाभन्दा बढी
भगवान्‌रूपी ढुङ्‍गा छोएको छ
भगवान‌्‌बाट अन्याय भएको होइन र यो !
उसले हाँस्‍न पाएको छैन दिल खोलेर
रहरहरू मेरा पनि छन् भन्न सक्दैन ऊ बोलेर
उसका दिन
उसका रात
उसका हर्ष
उसका विस्मात
सिर्फ उसकै भए
एउटा सन्तान सङ्‌घर्षको महलमा एक्लै रोएको छ
यहाँ अन्याय भएको छ।