धोती र टोपी
![](https://jharanasanchar.com/wp-content/uploads/2023/08/समिरन-चालिसे-1024x576.png)
चुस्स कालो जुँगा पालेका
छालाको रङ पनि त उनको कालै थियो
रङकै आधारले हेर्दा कठोर जस्ता लागे
तर मन कमलो रहेछ
बोली पनि त मिठै रहेछ
“भाइ कसरी काटौँ कपाल ?”
मिठो स्वरमा सोधे
प्वाक्क मैले पनि सोधिहालें
दाइको घर पारि हो भनेर
“पारि छैन भाइ वारि नै हो मेरो घर “
दाइले भने !
सायद पहिलो पटक कथित हजामलाई
टोलाई टोलाई हेरें
ह्वाँह्वाँ, प्याँप्याँ
आवाज आयो
टाउकामाथिको कैंची रोकियो
सोधेँ, पल्लो कुर्सीमा कपाल काट्न बसेको मुसाफिरको
सानो भाइ रूँदै रहेछ
फर्केर हेरें
हिमालतिरको जस्तो लाग्यो
हजाम दाइले ललिपप दिँदै भने “बेटा नरो हाँ !!”
चट्याङचुटड, गड्याङगुडुङ
झरी ओइरियो
लेलो लेलो, कटहर लेलो ! आवाज सुनियो
हजाम दाइले कटहरवालालाई भित्रै बोलाए
र, भने- पानीमें भिजोगेतो तोराको सर्दी लगेगा !
त्यसपछि थाहा पाएँ-
छाला र मनको रङ फरक हुँदो रहेछ
सोचें
दाइको जस्तै व्यवहार सबैको भए
कतै
धोती र टोपीले मेल खान्थ्यो कि !
लेखकको सम्वन्धमा