हाम्रो परिवार
हजुरबुबा हजुरआमा सधैँ ज्ञान छर्ने
आमाबुबा काकाकाकी धेरै माया गर्ने
मान्छे असल भए हुन्छ राम्रो घरबार
सबैभन्दा रमाइलो छ हाम्रो परिवार ।
दाइदिदीले कथा भन्दा हामी सुन्न बस्छौ
भान्साघरमा आमा पस्दा सघाउन पस्छौ
माया पाउनु खुसी पाउनु सबको अधिकार
मिलीजुली काम गर्ने हाम्रो परिवार ।
कमिलाको जस्तै गरी एक जुट हुन्छौं
घरको काममा मौरी जस्तै चाका हामी बुन्छौं
अभिभावक गर्ने सधैँ हाम्रो हेरविचार
समाजकै नमुना हो हाम्रो परिवार ।
संस्कार पनि परिवार झैँ कति राम्रा राम्रा
चालचलन पुस्तक भै ज्ञान दिने हाम्रा
हिमालचुली शिरबाट हेछौं यो संसार
नेपाल जस्तै राम्रो लाग्छ हाम्रो परिवार ।
लेखकको सम्वन्धमा