शाहीका केही शाब्दिक कविता

प्रकृति प्रेमी हुँ
सगरमाथा देशको मान्छे
आहा मनोरम पर्यावरण ।
***
मारमा जनता परे
भ्रष्टाचार मौलायो झन्
थपियो आर्थिक सङ्कट ।
***
इतर हुन्छ सम्बन्ध
साथी र प्रेमको
हो कि होइन हजुर ?
***
शब्दको भयो मेल
साहित्यको चल्यो खेल
पानीमाथि तैरियो तेल ।
***
छुटेर गए पाइला
अघि बढ्यो जिन्दगी
भिन्नै छ यात्रा ।
***
अनन्तको यात्रा सुरु
एक्लै पो खुरुखुरु
नरोऊ माया धुरुधुरु ।
***
आफ्नै गतीमा समय
निश्चित हुँदैन मौसम
परिवर्तन हुन्छ ॠतु ।
***
मुस्कान दियौ मन्द
हुन्छ होला बुलन्द
ओतप्रोत मायाको सम्बन्ध ।
***
जताततै रातो माटो
वर्षातमा चिप्लो बाटो
कसरी गालामा टाटो ?
***
समय भेट्दै छोड्दै
यही जिन्दगी बदल्न
गर्नुपर्छ खुब साधना ।
लेखकको सम्वन्धमा