June 7, 2026, Sunday
२०८३ जेष्ठ २४, आईतवार

तिम्रो याद

जब झ्याउँकिरी कराउँछन्
जुनकिरीहरू सल्बलाउँछन्
चिरबिर, चिरबिर गर्दै चराहरू
चारो च्यापेर चुच्चामा
भोकप्यासले ब्याकुल
बचेराहरू बचाउन
आतुर भई गुँडमा फर्किन्छन्,

 उसैबेला घामले बास खोज्छ 
सन्ध्याले धपक्कै गगन छोप्छ
चन्द्रमाले दीप जलाई
मुस्कानसहित धरतीमा
मधुर शीतलताको
बिस्कुन सुकाउँछ

झलमल्ल टाउकोमा
सेतो फेटा गुथेका
हिमालहरू हाँसे झैं देखिन्छन्
हो उसै बेला चिसो पवनले
सिरिरिरी बदनमा आई
तिम्रो याद दिलाउँछ ।