तिमी आख्यात बनिरहे !
चिन्तनमा चहारेर हृदयमा सङ्लिएर
बसे तिम्रा व्यवहारहरू
कैदी बनाएर प्रतIक्षाको थानाभित्र
आहारा दि[रह्यौ आशाहरू
अग्नि सल्कायौ भावनामा निस्किए
चिसा सुस्केराहरू
भिजे स्वपनील आँखाहरू तर
निस्केनन् बलिन्द्र धाराहरू
किनकि म कवि थिएँ
जन्मिए कविताहरू
म तिमीलाई युगौँ बचाइरहन चाहन्छु
एकै पटक रचिएको सम्बन्ध रचाइरहन चाहन्छु
यसै रहोस् म र मेरो तर
तिमी समेटिएको हरफ आख्यात बनोस्
स्मृति कुँदेर मूर्ति बनाइरहँदा साधना
साक्षात् बनोस्
पूर्णविराम पनि योजक बन्ने छ
मैले सिर्जेको कविता पनि सर्जक बन्ने छ
म मुस्कुराएर भर्ने छु
पाठक मुस्कुराएर पिउने छन्
एक पलका लागि न सही
कतै तिमी कतै म बनेर जिउने छन्
लेखकको सम्वन्धमा