February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

गजल

स्वार्थीले बरु हामीलाई साथ नदिन सक्छ
चुपचाप बस्यौं भने टाउको किचिन सक्छ

बोकौं खुँडा चलाऔँ अभियान देशका निम्ति
हरदिन सीमा मिच्‍ने छिमेकी रोकिन सक्छ

हेला नगर मित्र अपाङ्ग भनेर कसैलाई
हिँड्न नसके पनि स्वाभिमानी उभिन सक्छ

केही हुन्छ कि अब कुम्भकर्ण ब्युझिएपछि
आशा छ अझैँ रावणको लङ्‍का जोगिन सक्छ

न दुध न त पानी केही बन्नु छैन ‘गुलाब’ लाई
दुध उम्लिएर, पानी भरिएर पोखिन सक्छ ।