पर्खिनुस् आमा

मेरी आमाको सपना हुँ म
त्यो सुखद् संसारको सम्भावना हुँ म
म मैलाई मूल्यवान बनाउँदै छु
खुसीका भकारीहरूमा पसिना खन्याउँदै छु
दुःख र छटपटीका ती रातहरू भुलेकी छैन
आमा तिम्रा बलिन्द्रधारा आँसु भुलेकी छैन
म धाउँदै छु सपनाहरूका गाउँतिर
खुसी खोजेर ल्याउन
तिम्रा आँखामा खुसीका आँसु ल्याउन
तिमी मेरो फिक्री नगर आमा
म हाम्रै भविष्य खोज्दै छु
म हाम्रै कहानी लेख्दै छु
जिन्दगीमा आफैँ केही गर्ने हुटहुटी छ
तिम्रा आँसु पुछ्ने मेरो बाचा भुलेकी छैन
कति कमाइ हुन्छ, कति बचत हुन्छ
यो सङ्घर्षको मोल मलाई थाहा छैन
पर्खिनुस् आमा म सबै हिसाब मिलाउँदै छु ।
लेखकको सम्वन्धमा