झरी परेपछि

झरी परेपछि
पानी झरेपछि
गाउँमा हरियाली छाउँछ
सहरमा बाढी आउँछ
झरी परेपछि 

झरी परेपछि
पानी झरेपछि
गाउँमा आनन्द फैलिन्छ
सहरमा हैजा फैलिन्छ
झरी परेपछि 

झरी परेपछि
पानी झरेपछि
गाउँमा खेत हिलो हुन्छ
सहरमा बाटो हिलो हुन्छ
झरी परेपछि 

झरी परेपछि
पानी झरेपछि
गाउँमा मैला छैन
सहरमा सफा छैन
झरी परेपछि 

झरी परेपछि
पानी झरेपछि
गाउँमा शीतलता छाउँछ
सहरमा दिक्क लाउँछ
झरी परेपछि 

झरी परेपछि
पानी झरेपछि
गाउँमा हरियाली छाउँछ
सहरमा बाढी आउँछ
झरी परेपछि पानी झरेपछि !!