September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

भानुभक्त

साहित्यका क्षेत्रतर्फ जब पाइला चालेँ
उतासुकै ‘भानुभक्त’ मैले सुन्न थालेँ 

चलाख र इमानदार थे थियो निकै आँट
साहित्यमा कलम चाल्न सिके बजेबाट 

जति बढ्यो उमेर उनको उति चर्चित भए
कवितामै उत्तर अनि दिन्थे परिचय 

जस्तोसुकै परिस्थिति काट्थे हाँसी हाँसी
भानुलाई प्रेरित गर्न आए एक घाँसी 

बिताउँथे साहित्यमै आफ्ना धेरै क्षण
नेपालीमा पहिलो पटक लेखे रामायण 

मिठा मिठा कविता ती लेख्‍ने गर्थे काम
नेपालीका आदिकवि पाए उपनाम ।