May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

तिम्रो मिठो बोलीबाट…

तिम्रो मिठो बोलीबाट मनमा आशा पलायो
तिम्रो योगदानले जिन्दगीको लक्ष्यमा पुगियो  

पवित्र मायाले आफ्नोपनको आभास गरायो
माया गर्ने मान्छेको बोलीले सम्झना गरायो
दिलले सम्झाउने गर्छ यो कुरा दिलले सम्झाए झैँ लाग्छ
मायाले साहस बढाउँछ, मायाको अलग्गै कहानी छ

यी आँखाको आँशुमा पनि प्यार लुकेको छ
तिमीदेखि टाढा कसरी बसेको छु मलाई थाहा छ
तिम्रो चाहना पूरा गर्न खोजेको छु
मसँग जे छ सबै  कुरा बताएको छु

मायाका कुराहरू गहिरिएर सुनेको छु
मेरा सबै कुरा उनीलाई सुनाउने छु
दिलमा के कुरा चल्यो हङ्गामा चलेको छ
दिलले सम्झाउने गर्छ यो कुरा दिलले सम्झाए झैँ लाग्छ ।