May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

भाग्यमा जे छ…

भाग्यमा जे छ सोही कुरा पाउँछु
तिम्रो हाँसोभित्र खुसी पाउँछु
आशा अनेक छन् अनेक ठाउँमा घुम्नुपर्छ
यी रुखका पात, हाँगाले शोभा बढाउँछ

सुरुवात हुन्छन् सङ्‍घर्षका कथाहरू  सबैले पढ्छन्
तिमीलाई देख्दाको खुसीले आँखाबाट आँशु खस्छन्
जिन्दगीमा लिएका लक्ष्यहरू पूरा हुन्छन् होला
अजम्बरी माया हाम्रो युगौँ युग रहिरहला

आशा अनि सपनालाई पूरा गर्न सक्ने छु
तिम्रो साथ पाएपछि दिलबाट खुसी व्यक्त गर्छु
भाग्यमा जे छ सोही कुरा पाउँछु
तिम्रो हाँसोभित्र खुसी पाउँछु ।