July 29, 2026, Wednesday
२०८३ श्रावण १३, बुधबार

मनको कथा …

मनको कथा भन्छु भन्थेँ भन्न पाइनँ
भित्री मनमा दुःख लाग्यो भेट्न पाइनँ

सपनीमा भेटेको थिएँ मेरो नजिकै थियौ
कसरी भेटूँ तिमीलाई मेरो कुरा भनौँ
बर्सातको यो समयमा पनि मन सम्हालेर बसिरहेँ
केही कुरा भन्नु थियो भन्न नपाई मनमै रहे  

सधैँ सँगै खेल्थ्यौ खुल्ला चउरमा हामी
तिमीसँग बोल्न नपाउँदा मन दुख्थ्यो मेरो पनि
भेट्न त आउनै पर्थ्यो किन टाढा भयौ
भेट्न आइनौ यो समय मनमा पीडा दियौ

सुन्दर बगैँचामा फुलेका फूलहरू हेरिरहेँ
कहिले देख्‍न पाउँला भनी समय कुरी बसिरहेँ
यो भिडमा पनि उनलाई खोजिरहेको थिएँ
मेरो सुन्दर सपनामा उनलाई राखेको थिएँ

सम्झनामा किन रुन्छु किन मुटु दुख्यो
सपनीमा भेटेको थिएँ साँच्चै भेट हुने भयो ।