May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

नेपाल निवृत्त शिक्षक समाजको अधिवेशन

असार १६, काठमाडौँ ।

नेपाल निवृत्त शिक्षक समाज, काठमाडौँको प्रथम जिल्ला अधिवेशन ज्ञानोदय मावि कालिमाटीमा सम्पन्न भयो ।

आयोजक समितिका संयोजक धनन्जय शर्मा अधिकारीको अध्यक्षता र समाजका सचिव बद्री दाहालद्वारा सञ्‍चालन गरिएको उक्त अधिवेशन  प्रमुख अतिथि तथा समाजका केन्द्रीय अध्यक्ष ध्रुवराज शर्मा अर्यालद्वारा व्यानर पढेर उद्घाटन गरियो ।

समाजका केन्द्र, प्रदेश एवम् जिल्लाका प्रमुख अतिति, विशेष अतिथि तथा अतिथिहरूद्वारा शुभकामना व्यक्त गरियो । अधिवेशको बन्दसत्रद्वारा तपसिलबमोजिमको सोह्र सदस्यी जिल्ला समिति सर्वसम्मतिबाट चयन गरियो।

तपसिल

१. अध्यक्ष- कृष्णबहादुर पोखरेल, २. उपाध्यक्ष कान्छाबहादुर महर्जन, ३.महिला उपाध्यक्ष- निर्मला जोशी, ४ सचिव- खिलकुमार प्रधान, ५ कोषाध्यक्ष- सविना थापा (जमुना), ६ केन्द्रीय प्रतिनिधि-  नर्वदा पोखरेल, सदस्यहरू ७ दामुप्रसाद ढुङ्‍गेल, ८.मनुमाया भट्टराई, ९. पर्शुराम शर्मा, १०.सीता निरौला, ११ प्रार्थना खनाल, १२ सीताराम अधिकारी, १३ शोभा क्षेत्री, १४ महाप्रसाद भट्ट, १५. कृष्णप्रसाद पौडेल र १६. ब्रहमदेव श्रेष्ठ ।

नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै सभापतिद्वारा अधिवेशन समापन गरियो ।