May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

तिमी साथमा हुन्थ्यौ त …

तिमी साथमा हुन्थ्यौ त दिल खोलेर हाँस्‍ने थिएँ
सबैलाई हँसाएर सबैको मन खुसी राख्‍ने थिएँ
के के भयो जिन्दगी आफ्नै वेगमा चलिरहेको छ
तिमी साथमा भएपछि लाग्छ मसँग सबै थोक छ

यो जीवन जिउन हरपल सङ्‍घर्ष गरिरहेको छु
तिमी साथमा भएपछि जीवन हाँसीखुसी बिताउँछु
जसरी भए पनि यो मनलाई बुझाउन कोसिस गरेको छु
नजिक आएर बस गुलाबको फूल उपहार दिने छु

म जहाँ भए पनि सम्झना मनमा राखिरहने छु
मेरा दिलमा बसेको मान्छे सम्झिरहने छु
तिमी साथमा हुन्थ्यौ त दिल खोलेर हाँस्‍ने थिएँ
सबैलाई हँसाएर सबैको मन खुसी राख्‍ने थिएँ ।