July 29, 2026, Wednesday
२०८३ श्रावण १३, बुधबार

ती आँखाको भाव मैले…

ती आँखाको भाव मैले सबै बुझेको छु 
कालो केश तिम्रो सधैँ हेरिबसेको छु
प्रकृतिमा वसन्तले बहार छरेजस्तो
मनभरि ढकमक्क फूल फुलेजस्तो 

मनभरि सधैँ सधैँ माया पलाउँछ
मनका फूल भन कसले आई फुलाउँछ
मनको बारी आई तिमी घुमी हेरिदेऊ
मनको चाह अब मेरो तिमी बुझिदेऊ 

सधैँभरि खुसी छु म खुसी व्यक्त गर्छु
तिमीलाई खुसी देख्‍ने सधैै प्रण गर्छु
यी आँखामा तिम्रो तस्बिर मैले राखेको छु
ती आँखाको भाव मैले सबै बुझेको छु ।