तिमी को हौ ?
तिमी को हौ ?
तिमी, तिमी हुनुमा
कस्को हात छ ?
के तिमीलाई
तिमी आफूले जसरी चिन्छौ
अरूले पनि त्यसरी
नै चिन्न सक्छन् ?
तिमी तिम्रा लागि एक छौ
तर
हरेक मान्छेका लागि अनेक छौ
एउटालाई चिनाउने
तिम्रो एउटा व्यक्तित्व छ तर
तिमीमा नै हजारौं व्यक्तित्व छन्
के तिमीले सोचेका छौ ?
तिमी फूल पनि हौ
तिमी काँडा पनि हौ
कतै तिमी ओखती हौ
कतै तिमी विषालु झार हौ
कतै तिमी देवता हौ
कतै तिमी ढुङ्गा हौ
कहिले तिमी आगो हौ
कहिले तिमी पानी हौ
तर
तिमी आफैं चाँहि को हौ ?
अब आफैंले चिन आफैंलाई
के बनेर चिनिन चाहान्छौ ?
नलुकाई तिम्रा दुवै विशेषता
खराब र असल दुवै
तिम्रा पहिचान हुन सक्लान् ?
राखेर आफ्नै अस्तित्व
आफ्नै विशिष्ट पहिचान
भन तिमी के भनेर चिन्छौ
आफैंले आफैंलाई
के भनेर चिनिन चाहान्छौ ?
तिमी के बनेर जिउन चाहान्छौ ?
लेखकको सम्वन्धमा