गजल

मिनबहादुर खड्का
खप्तड छेडेदह गाउँपालिका–३, बाजुरा
देश बेच्छन्, छिमेकीले उपहारमा भैँसी पठाउँछन्
तिनै दलालहरू राष्ट्रियताको गुणगान गाउँछन् ।
सरकार ! कमाउन बिदेसिएका कयौं मदनहरू
लास बनी कहिलेसम्म बाकसमा फर्केर आउँछन् ?
गाँउ फर्किन्छन् चुनाव जितेको पाँच वर्षपछि मात्र
यी नेताहरूले जहिले किन झुटा भाषण चपाउँछन् ?
गर्छन् गुलामी विदेशीको संसद अनि मन्त्री बनेर
भ्रष्टचारी भ्रष्टाचार गरेर अझै कहिले अघाउँछन् ?
कहिले धनी कहिले गरिब यो चलिरहने प्रक्रिया हो
कोही झुपडीमा कोही महलमा जिन्दगी बिताउँछन् ।
लेखकको सम्वन्धमा