December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

गरिबी…

भोको पेटले क्रान्ति गर्न कहाँ सक्छ ?
कहानी लाग्दो जीवन यात्रा कसले बुझ्‍न सक्छ ?
ऋणमाथि ऋण थपिँदै छ जीवन जिउन गाह्रो भएको छ
साहुको ऋण तिर्न नसकेर बिल्लिबाठ भएको छ

 पसिना चुहाएर पनि पेटभरि खान पाएको छैन
भोको पेट कसरी बाँच्‍ने सहारा कोही छैन
गरिबीको कथा कहानी पनि बेग्लै छन्
गरिबीका कारण रोजगारीका लागि बिदेसिएका छन्

गरिबले निःशुल्क औषधी कहाँ पाउँछौँ ?
गरिबीले छोराछोरीलाई कसरी पढाउँछौ ?
गरिबसँग पैसा छैन आफ्नो औषधी उपचार गर्न
किन्न सक्दैन गरिबले सिटामोल पनि पाउँदैन

सोच्‍न त सोचेँ एक सानो झुपडी बनाउँला
पैसा कमाएर साहुको ऋण तिरौँला
अभावै अभावमा जिन्दगी बितेको छ
क्रान्ति गर्‍यौ भन्छौ गरिब झन् गरिब छ

देशमा नारा जुलुस लगाएर के गरेका छौ
नारा मात्र लगाएर देशलाई के दिएका छौ
भोको पेटले क्रान्ति गर्न कहाँ सक्छ ?
कहानी लाग्दो जीवन यात्रा कसले बुझ्‍न सक्छ ?