किसान
हेर न आहा ! किसानको लर्को झरेको खेतमा
कोदाली, कुटो हातमा बोकी नेपाली भेषमा
बोकेर डोको गोरुका पछि झरेर ओरालो
कतै छ सिम सम्म छ कतै बाँझो र भिरालो ।
लाले र माले हलका गोरु बाँधेर जुवाले
देखिने प्यारो सुन्दर बेँसी सिमल भुवाले
डाँडामा गाउँ गैरामा खेत दिनदिनै धाएर
हलो र जुवा भुटेको मकै थैलामा लाएर ।
ढाकाको टोपी भेषले झन बढेर इमान
नथाकी कत्ति जोतेर खेत बाँचेका किसान
गाईको मल हालेर खेती हरियो बनाई
अनेक रोग, दम र प्रेसर टाढा नै भगाई ।
गाई र गोरु साथमा सधैँ उनकै सहारा
मकैको भात, कोदाको ढिँडो पोसिलो आहारा
छ्यापेर हिलो रोपेर धान झार नि गोडेर
लगाई पानी हुर्काई धान परिश्रम गरेर ।
सुन झैँँ बाला पँहेलपुर झुलेर पाकेका
पारेर खात कुनिउँमाथि ओतमा राखेका
चटारो सकी खेतको बाली जतन गरेर
फेरि नि आहा ! सुन्दर खेत मकै नि छरेर ।
लेखकको सम्वन्धमा