September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

गजल

जस रावल ‘जिज्ञासु’
जगन्नाथ गाउँ पालिका–६, बाजुरा

बाजेका त भैँसा पाल्दै हलो जोत्तै दिन गया
बुबाले पनि  अरूको भारी बोक्तै दिन गया

सानो घर छ ढुङ्गामाटोको विकट ठाउँमा
बज्यै र आमाका त्यही घर पोत्तै दिन गया

कैले सुध्रिएला बाटो नजिकै उम्रेको काँडो
सधैँ हिड्ने बटुवालाई खोच्तै दिन गया

ग्याँस देखेकै छैन ती भिजेका दाउरा बाल्छिन्
पाक्दैन खाना आमाका ढुङ्ग्रो फुक्दै दिन गया 

भाग्यमानी बाजुराली जनता हामी हुनुपर्छ
जिताएका संसदले टेबुल ठोक्तै दिन गया ।