January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

पेसागत महासङ्‍घ नेपालको पत्रकार सम्मेलन

ज्येष्ठ २८, झरना सञ्‍चार ।
पेसागत महासङ्‍घ नेपालको २०८० ज्येष्ठ २६ र २७ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठकद्वारा पारित प्रस्ताव र निर्णयहरू कार्यान्वयनका सन्दर्भमा प्रेस विज्ञप्ति जारी गर्दै नयाँवानेश्वरस्थित होटल अर्यालमा पत्रकार सम्मेलन भयो ।

महासङ्‍घका अध्यक्ष श्री प्रेमल कुमार खनालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा महासङ्‍घका सभामुख शङ्कर सुवेदी, वरिष्ठ उपाध्यक्ष कृष्णमान श्रेष्ठ, उपाध्यक्ष प्रभा बज्राचार्य, महासचिव राजन रेग्मी, उपमहासचिव सूर्य अधिकारी, सचिव विकास सिलवाल, सचिव रामप्रसाद आचार्य, सचिव भवानी खड्‌का, उपसभामुख सिन्धु पाण्डे महासङ्‍घका घटक संस्थाका अध्यक्षहरू अर्जुनप्रसाद पौडेल (REAN), योगेन्द्र सिंह (विफु), दीर्घ ढुङ्‌गाना (सार्वजनिक संस्थान), याम खत्री (UNEGO), सल्लाहकार मोहन घिमिरे, विभिन्न सञ्चार गृहबाट पाल्नुभएका पत्रकारहरूसमेतको महत्त्वपूर्ण उपस्थिति रहेको थियो । महासङ्‍घका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख धरणीधर अधिकारीद्वारा सञ्‍चालित उक्त सम्मेलनमा महासचिव राजन रेग्मीले उक्त २ दिने बैठकद्वारा पारित १६ बुँदे प्रस्तावहरू पढेर सुनाउनुभयो ।

सो प्रस्तावमाथि जिज्ञासा र टिप्पणीसहित पत्रकारले सोधेका प्रश्नको उत्तर दिँदै महासङ्‍घका अध्यक्ष खनाल र सभामुख शङ्‌कर सुवेदीले स्पष्ट पार्नु भएको थियो ।

उल्लिखित प्रस्तावहरूले समसामयिक पेसाकर्मीहरूका जल्दाबल्दा समस्या, राज्यद्वारा गरिएका गलत व्यवहार र प्रवृत्तिहरू, महासङ्‍घको आन्तरिक व्यवस्थापन र सुदृढीकरणलगायत विभिन्न सवालहरूलाई सम्बोधन गरेको प्रसङ्‌ग विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्मेलनको निष्कर्ष आगामी दिनमा महासङ्‍घको गतिविधि र प्रभावकारितामा अझ शसक्त ढङ्गले अर्थ बढ्नुपर्ने कुराको जानकारी गराउँदै अध्यक्ष खनालद्वारा सम्मेलनको समापन गरियो ।