June 25, 2025, Wednesday
२०८२ असार ११, बुधबार

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्‌गठन, वागमती प्रदेश समितिको क्यालेन्‍डर विमोचन

ज्येष्ठ, २७ झरना सञ्‍चार ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्‌गठन वागमती प्रदेश समितिको प्रदेश बैठक तथा क्यालेन्‍डर विमोचन कार्यक्रम पेसागत महासङ्‌घ नेपालको हलमा आज सम्पन्न भयो । सङ्‍गठनका अध्यक्ष तथा केन्द्रीय कोषाध्यान हरिबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव गोविन्द आचार्यले सञ्चालन गर्नुभएको थियो । क्यालेन्डर विमोचन सङ्‍गठनका महासचिव हरिदेव यादव र महिला उपाध्यक्ष रम्भा पौडेलद्वारा गरिएको थियो ।

उक्त बैठक तथा कार्यक्रमलाई सङ्गठनका केन्द्रीय अध्यक्ष हिकमतबहादुर बस्नेतद्वारा शुभकामना मन्तव्य प्रस्तुत गरियो भने केन्द्रीय उपाध्यक्ष हरिदेव जोशी र महिला उपमहासचिव पिडकी शाहको समेत उपस्थिति रहेको थियो । यसरी नै सल्लाहकार कृष्णप्रसाद घिमिरे पनि उपस्थित हुनुभएको थियो भनेको क्यालेन्डरको विशेषता, वागमती प्रदेश कमिटिको नामावली, काठमाडौँ जिल्ला कमिटीलगायत १३ वटै जिल्ला कमिटिको नामावली, प्रकाशन गरिनुको साथै ‘PNNTA किन ?’ १० बुँदै प्रदेश कमिटिका योजनाहरूसमेत समेटिएको हुँदा क्यालेन्‍डरको महत्त्व र गरिमा निकै उच्च रहेको छ ।

१३ वटा जिल्लाबाट उपस्थित पदाधिकारी एवम् सदस्यहरूलाई क्यालेन्डर वितरण गरिएको थियो । बैठक तथा कार्यक्रमको अन्त्यमा सहभागी सबै जनालाई धन्यवाद दिँदै अध्यक्षद्वारा कार्यक्रमलाई समापन गरियो ।