पेसागत महासङ्घ नेपालको राष्ट्रिय समिति बैठक
२०८० ज्येष्ठ २७, झरना सञ्चार ।
पेसागत महासङ्घ नेपालको राष्ट्रिय समिति बैठक ज्येष्ठ २६ र २७ गते महासङ्घको कार्यालय लैनचौर काठमाडौंमा सम्पन्न भयो । महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षतामा सम्पन्न बैठकमा महासङ्घका महासचिव राजन रेग्मीले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष ध्रुवप्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सङ्गठन सञ्चालनका विभिन्न पक्षका विनियमहरू उपाध्यक्ष धरणीधर अधिकारीले प्रस्तुत गर्नुभयो ।
उक्त बैठकमा सहभागीहरूलाई विभिन्न विषयमा प्रशिक्षण दिइयो । महासङ्घका अध्यक्ष खनालले ‘पेसागत महासङ्घ नेपालको कार्यदिशा, महासचिव रेग्मीले सङ्गठनको महत्त्व र परिचालन एवम् डा. खगेन्द्र प्रसाईले ‘मार्क्सवाद’ सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो ।
दुई दिनसम्म सञ्चालित बैठकले प्रस्तुत गरिएका प्रतिवेदन र विनियमहरू व्यापक छलफल र सुझावसहित पारित गरियो भने विभिन्न १८ बुँदे समसामयिक प्रस्तावहरू संशोधन, परिमार्जन र थपघटसहित बैठकले पारित गरेको थियो ।
बैठकले विभिन्न पेसाकर्मी श्रमिक तथा मजदुरहरू एवम् जनपक्षमा उल्लेखनीय र रचनात्मक कामहरू गर्दै सङ्घलाई स्थानीय तहदेखि केन्द्रसम्म नै सङ्गठनलाई सुदृढ गरी परिचालन गर्न अर्धवार्षिक कार्ययोजना पारित गर्दै बैठकको अन्त्यमा अध्यक्षद्वारा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै बैठकको समापन गरियो ।
प्रतिकृया दिनुहोस्