December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

गरिबको जीवन

विनीता शाही
कक्षाः१०
लर्ड बुद्ध सेकेन्डरी स्कुल ,
बोडे, भक्तपुर

बर्खाको मैना सुख नि छैन कामेको थरथरी
टालेको घर लाग्दैन भर पानी छ धरधरी ।
न राम्रो लुगा न त छ बास चिसो नै लाग्दछ
जहान सन्तान पाल्नकै लागि पीडा यो जाग्दछ ।
वर्षाको भेल सुरु भो हेर विचरा ! गरिब
जीवनमा कष्ट सुख नि नष्ट के गर्‍यौ है दैव !
दुःखको वर्षा हुँदै छ आज दिनभरि रुझियो
गरिबी आज मेटियोस् भनी दैव नि पुजियो ।
फाटेको लुगा गाँसको कमी दुःखी छ यो मन
दुःखको रास मात्र पो हो कि गरिबको जीवन ।