May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

अब त बुझौँ न

सम्पदा नेपाल
जनप्रेमी स्कुल,
कौशलटार, भक्तपुर

सगरमाथा हो हाम्रो शिर नेपालको इज्जत
हिउँले ढाकी उभिएसरी बढाउन इज्जत ।
नेपालीलाई विश्वमा गौरव गराउने हिमाल
संसारको शिरको ताज कमाल छ हिमाल ।
हिमालको उचाइझैँ हामी उठौँ है अब त
देशलाई शिरमा राखेर हामी उठौँ है अब त ।
गौरव गर्दै अगाडि बढ्न जुटौँ है हामी त
देशको माटो शिरमा राखी उठौँ है अब त ।
टुक्रिएर बसे अब त हामी अवश्य मेटिन्छौँ
पुर्खाको गौरव बुझे त हामी अवश्य मेटिन्नौँ ।
पुर्खाको गौरव बुझेर हामी अगाडि बढौँ है ।
शत्रुले जाल बिछ्याइसक्यो अब त सोचौँ न
देशको गौरव हराउन लाग्यो अब त बुझौँ न ।