September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

विद्यालयमा निःशुल्क स्वस्थ्य परीक्षण

झरना सञ्‍चार
मनोहर माध्यमिक विद्यालय, टोखा – १०, काठमाडौँमा निःशुल्क स्वस्थ्य परीक्षणको कार्यक्रम सञ्‍चालन गरियो । २०८० ज्येष्ठ ७ देखि ज्‍येष्ठ १० सम्म उक्त कार्यक्रम सञ्‍चालन गरिएको हो ।  

टोखा नगरपालिका र डा. होमको संयुक्त आयोजनामा सञ्‍चालन गरिएको उक्त कार्यक्रमबाट विद्यार्थी, शिक्षक र कर्मचारी गरी लगभग छसय जना लाभान्वित भएको विद्यालयका नि. प्रधानाध्यापक श्री कमाला पौडेले जानकारी गराउनुभयो । 

मनोहर माध्यमिक विद्यालयकी ‘विद्यालय नर्स’ कविशा श्रेष्ठले संयोजनको भूमिका निर्वाह गर्नुभएको उक्त कार्यक्रममा  आयोजकका तर्फबाट चार जना स्वास्थ्यकर्मी खटिनुभएको थियो । 

विद्यालयमा समय समयमा स्वास्थ्य परीक्षण हुने गरेको, सोहीअनुसार विद्यार्थीको स्वास्थ्य प्रोफाइल तयार पारिएको र यस पटकको कार्यक्रमबाट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई राम्रो लाभ हुने विचार कार्यक्रमका संयोजक श्रष्ठले व्यक्त गर्नुभयो ।

परीक्षणका क्रममा विशेष गरी आँखा, दाँत, नाक, कान, घाँटी, पेट दुखाइसँग सम्बन्धी समस्याहरू देखिए । त्यस्ता समस्याबाट बच्‍न विद्यालयले नियमित स्वास्थ्य परीक्षणका साथै बालबालिकालई स्वास्थ जीवनशैली अपनाउन प्रेरित गरेको जानकारी पनि उहाँले दिनुभयो । उहाँले भन्नुभयो, “हामीले विद्यार्थीलाई डिजिटल सामग्रीको अत्यधिक प्रयोगले हुन सक्ने स्वास्थ समस्याप्रति सचेत गराउँदै दैनिक रूपमा सफा रहन र  स्वस्थ खाना खान प्रेरित गरेका छौँ ।” 

उहाँका अनुसार विद्यालये विद्यार्थीलाई पत्रु खाना (जङ्‍क फुड) बाट टाढै रहन आग्रह गर्दै विद्यालयको दिवा खाजा कार्यक्रममा सहर्ष सहभागी हुन हौसला दिनुका साथै अभिभावकलाई दिवाखाजाका बारेमा जानकारी गराएको छ ।

उक्त कार्यक्रममा विद्यार्थीको उचाइ र तौल परीक्षण गरी पोषणको अवस्थासमेत जाँच गरियो ।