September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

सेवानिवृत्त राष्ट्रसेवक सङ्‍घले बुझायो मागपत्र

झरना सञ्चार, ज्येष्ठ – २४ ।

आज सेवानिवृत्त राष्ट्रसेवक सङ्‍घले सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय अमनलाल मोदीलाई उहाँकै कार्यकक्ष सिंहदरबार काठमाडौँमा भेटी मागपत्र दिएको छ ।

सेवानिवृत्त राष्ट्रसेवक सङ्‍घ नेपालको २०८० ज्येष्ठ १ र २ गते सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनमा सङ्‍घको निमन्त्रणा स्वीकार गरी प्रमुख अतिथिका रूपमा महाधिवेशन उद्घाटन गरी महत्त्वपूर्ण सन्देशसहित शुभकामना मन्तव्य राखिदिनु भएकोमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय अमनलाल मोदीलाई कृतज्ञता ज्ञापन गर्न सङ्‍घका अध्यक्ष श्री अर्जुनप्रसाद पौडेलको नेतृत्वमा एक प्रतिनिधि मण्डल सिंहदरबार पुग्यो ।

अध्यक्ष पौडेलको नेतृत्वमा पेसागत महासङ्‍घ नेपालका महासचिव श्री राजन रेग्मी, सेवानिवृत्त राष्ट्रसेवक सङ्‍घ नेपालका प्रमुख सल्लाहकार श्री बेदनिधि निराला, सङ्‍घका उपाध्यक्षहरू श्री रामशरण थापा र डा० श्री लछी सिंह, महासचिव श्री बासुदेव अधिकारी, उपमहासचिब श्री भारती घिमिरे र कोषाध्यक्ष श्री जमुना श्रेष्ठ खत्रीसमेत ८ जनाको प्रतिनिधि मण्डलले महाधिवेशनद्वारा पारित निर्णयहरू, विगतदेखि मन्त्रालय समक्ष राख्दै आएका आफ्ना मागसहितको मागपत्र पेस गर्‍यो । 

सो अवसरमा माननीय मन्त्रीज्यूद्वारा सङ्‍घको मागपत्र बुझी यथासम्भव सम्बोधनसहित कार्यान्वय गरिने वचनबद्धता व्यक्त गरियो ।