गजल
पाहुना स्वागत गर्न त्यो नर्तकी नचाउँछ
कहिलेकाहीँ यो लाज पनि आफैँ लजाउँछ
लिन मात्र होइन हामी दिन पनि जान्दछौँ
अनि पो त छिमेकीले खुब बाजा बजाउँछ
उपहारमा मेरो देशले सालिग्राम दिन्छ
तर, मित्र राष्ट्रले केही थान भैंसी पठाउँछ
के पाइँदैन र हरेक कुनामा, हाम्रो देशमा
गरिब पो भोकै हुन्छ भ्रष्टचारी अघाउँछ
मोज गर्नुहोस् महोदय यो देश डुबे डुबोस्
देश केवल त्यही रेमिट्यान्सले चलाउँछ ।
लेखकको सम्वन्धमा