बा !
पितल हैन, सुन
हे ! शिव शङ्कर, हे भोला !
तिम्रै छ संसार
हे पशुपतिनाथ !
तिम्रो लीला अपरम्पार !!
बा ! गजुरी बा !!
बाठा त तिमी पनि शिवभन्दा कम छैनौ
तिमी पनि त अवतारी नै हौ !
ठाउँअनुसार अवतार फेरिरहन्छौ, होइन र ?
कहिलेकाहीँ बच्चासँग भेटिन्छौ
कहिले वर्तमान प्रधानमन्त्रीलाई संसदमै माफी माग्न लाउँछाै
हे शिवशङ्कर ! हे भोला !
संसारभरि नाम चल्यो तिम्रो
चाणक्य नीति पढ्यौ रे तिमीले
हात्ती जति खाडी देश पठाएर
झिँगा भन्काउने कल्पना गर्यौ रे
हे गजुरी बा !
तिम्रो लीला !
कोरोना त बेसार पानी र अम्बाको पातले भगाइदियाै
विरोध गर्ने जतिलाई उखान टुक्काले बगाइदियाै
त्यसैले त बा !
बार्दलीबाटै हात हल्लायौ
अनि चमत्कार भो बा !
एक घण्टामै नेपालको संसदबाट पित्तललाई सुन बनाइदियाै
जय शम्भु ! बार्दली महादेव !!
लेखकको सम्वन्धमा